
काठमाडौं, पुस ३ । आइतबार शेयर बजार उतार–चढावबीच सकारात्मक रहेर थामियो ।
बजार परिसूचक नेप्से १ अंक बढीले सकारात्मक रहेर १५ सय ३१ दशमलव तीन पाँच कायम भएर थामियो ।
बीमा, होटल र अन्य समूहमा सुधार आएसँगै नेप्से सकारात्मकमा थामिन पुगेको हो । बीमा समूहमा सबैभन्दा उच्च ७२ अंकको सुधार आयो । होटल र अन्य समूह भने सामान्य अंकले बढेका हुन् ।
जलविद्युत्, वित्त, उत्पादनमूलक, विकास बैंक र वाणिज्य बैंक समूह भने ऋणात्मक रहे ।
यसदिन कारोबार पनि औसत दिनका तुलनामा सामान्य सुधार आयो ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३३ कम्पनीको ७ लाख ५२ हजार कित्ता शेयर ६२ करोड २० लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्