२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


कर्णाली एक्सपोमा ११ करोड ७५ लाख रुपैयाँको कारोबार


0
Shares

सुर्खेत, पुस ४ । वीरेन्द्रनगर सुर्खेतमा जारी कर्णाली एक्स्पो अन्तर्राष्ट्रिय व्यापार मेलामा झण्डै ११ करोड ७५ लाखको कारोबार भएको छ ।

करिब चार लाखले अवलोकन गरेको मेलामा स्थानीय उत्पादनदेखि अन्तर्राष्ट्रिय कम्पनीका ब्राण्डेड सामग्री प्रदर्शनीमा राखिएको थियो ।

भारत, बंगलादेश, थाइल्याण्ड, पाकिस्तानका अन्तर्राष्ट्रिय कम्पनीका स्टलमाजस्तै स्थानीयले राम्रो व्यापार गरेको सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले जानकारी दिए । मेलामा विदेशी कम्पनीका ब्राण्डेड तयारी पोशाक, विद्युतीय सामग्री, छालाका सामाग्री, फर्निचर तथा मार्बलको स्टल राखिएको थियो ।

मेलाको आकर्षणका रुपमा राखिएको हिमालमा पाइने चौरी गाई र मरुभूमिको उँटलाई करिब ३० हजार दर्शकले अवलोकन गरेका थिए ।