
अन्त्येष्टिअघि बुटवलको लुम्बिनी अञ्चल अस्पतालबाट निकालिएको शवयात्रामा सयौं स्थानीय बासिन्दा सहभागी भएका छन् ।
शवयात्रामा नेकपा एमालेका उपमहासचिव विष्णु पौडेल, घनश्याम भुषाल र युवा संघका अध्यक्ष राजीव पहारीसहित एमालेका नेता तथा कार्यकर्ताको पनि उल्लेख्य सहभागिता रहेको छ ।
शवयात्राले बजार परिक्रमा गरेपछि अन्त्येष्टिका लागि तिवारीको शव अहिले देवघाटतर्पm अघि बढाइएको छ ।
कालीगन्डकी र त्रिशूलीको संगमस्थल देवघाटमा बुधबार राति अन्त्येष्टि गरिने जनाइएको छ ।
गत सोमबार देवदहस्थित खैरनीबजारमा गोली प्रहारबाट तिवारीको निधन भएको थियो ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी, जिल्लाका सुरक्षा निकाय, क्षेत्रीय कार्यालय पोखराबाट गएका सुरक्षा अधिकारी र युवा संघका नेताहरुको बैठकले तिवारीको अन्त्येष्टि गर्ने निर्णय गरेको हो ।
प्रहरीले घटनामा संलग्नलाई तत्काल पक्राउ गर्ने आश्वासन दिएपछि युवा संघका नेताहरु तिवारीको अन्त्येष्टि गर्न सहमत भएका हुन् ।
प्रतिक्रिया दिनुहोस्