
राम्चे गाविसस्थित शान्ति कालिका प्राविमा ३ जना विद्यार्थी अध्ययरत छन् । विद्यार्थी बढाउन शिक्षक, ब्यवस्थापन समितिले अभियान सञ्चालन गरे पनि गाउँका अधिकांश बालबालिका निजी विद्यालयमा भर्ना हुने गरेका कारण सरकारी विद्यालय सुनसान जस्तै देखिएको छ ।
यसैगरी भकिम्ली गाविसको नवज्योति प्राविको ३ कक्षासम्म जम्मा ८ जना विद्यार्थी मात्र रहेका छन् । जिल्लामा ८० वटा प्राथमिक तहका विद्यालयमा २० भन्दा कम विद्यार्थी रहेको जिल्ला शिक्षा कार्यालयका स्रोत व्यत्ति दुर्गाराम सुवेदीले बताए ।
त्यस्तै बेनी नगरपालिका–१ रत्नेचौरस्थित भानु माविको कक्षा २ मा एक जना पनि विद्यार्थी भर्ना भएका छैनन् ।
सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना हुन छाडेपछि राज्यको ठूलो लगानी खेर गइरहेको जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठले बताए ।
उनले ग्रामीण क्षेत्रका प्राथमिक तहका विद्यार्थी घट्नुमा सामुदायिक विद्यालयको गुणस्तरीयताभन्दा पनि जन्मदर तथा बसाईसराई प्रमुख कारण भएको बताए ।
प्रतिक्रिया दिनुहोस्