
रेडियो नेपालमा करिब तीन दशकदेखि करार सेवामा कार्यरत् थापाको सानेपास्थित निवासमा अचानक बेहोस भएपछि उपचारका क्रममा बागबजारस्थित मोडेल अस्पतालमा निधन भएको नेपाली गीत–संगीतका अध्येता प्रकाश सायमीले जानकारी दिए ।
उनी विहीबार (आज) बिहान रेडियो नेपालमा आफ्नो कार्यसम्पादन पूरा गरी घर फर्किएका थिए ।
सायमीका अनुसार पिता प्रेमबहादुर तथा माता रेवादेवीबाट वि.सं. २०१० वैशाख १५ मा दाङमा उनको जन्म भएको थियो ।
उनले वि.सं. २०३७ मा ‘आउ माया जालमा बुनु’ गीत पहिलोपटक रेडियो नेपालमा रेकर्ड गराएका थिए ।
शास्त्रीय, भजन, लोकगीत गरी करिब एक सय गीत गएका दृष्टिविहीन थापा शास्त्रीय संगीतमा तानपुरा बजाउँथे ।
उनका ‘काठमाडौंमा दोहरी’, ‘दशराग’लगायत १० एकल तथा दुई युगल एल्बम प्रकाशित छन् ।
उनको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि शुक्रबार बिहान नेपाल प्रज्ञा–प्रतिष्ठानमा राखिने छ । थापाका तीन छोरा र एक छोरी छन् । रासस
प्रतिक्रिया दिनुहोस्