२ जेष्ठ २०८२, शुक्रबार | Sat May 17 2025


भारतबाट थप ८० मेगावाट बिजुली ल्याउने सम्झौता


0
Shares

नेपालतर्फको प्रसारण लाइनको पूर्वाधार तयार नभइसकेकाले १७ पुसदेखि १८ माघसम्म अहिले आयात भइरहेको ८० र थप ४० मेगावाट आयात हुने प्राधिकरणले जनाएको छ ।

‘त्यस अवधिमा खिम्ती–ढल्केबर प्रसारण लाइनको निर्माण सकिन्छ, त्यसपछि १७ जेठसम्ममा हाम्रो संरचनागत क्षमताले भ्याएअनुसार एक सय ६० मेगावाटसम्म बिजुली आयात हुनेछ,’ प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले भने ।

नयाँदिल्लीमा १६० मेगावाटको पिपिएमा हस्ताक्षर

नेपाल विद्युत् प्राधिकरण र भारतीय एनटिपिसी विद्युत् व्यापार निगमबीच अहिले आइरहेको ८० मेगावाटको नविकरण र थप ८० सहित १ एक सय ६० मेगावाटको पूरक विदुत खरिद–बिक्री सम्झौता (पिपिए) मा हस्ताक्षर भएको छ ।

पिपिएमा प्राधिकरणका तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङ र निगमका प्रमुख कार्यकारी अधिकृत अरुणकुमार गर्गले बिहीबार हस्ताक्षर गरेका छन् । पिपिएअनुसार प्राधिकरणले १७ जेठसम्म बिजुली ल्याउनेछ ।

अहिले ढल्केबर–मुजफ्फरपुर क्रसबोर्डर प्रसारण लाइनबाट आयात भइरहेको ८० मेगावाटको पिपिएको म्याद १६ पुसमा सकिँदै छ ।

नेपाल र भारतका सीमाका विभिन्न बिन्दुबाट अहिले बिजुलीको बढी माग हुने साँझको करिब तीन घन्टामा दैनिक तीन सय मेगावाटभन्दा बढी आयात भइरहेको छ ।

विगतको लापरबाहीका कारण ढल्केबरमा सबस्टेसन तोकिएको समयमा बन्न नसकेपछि ढल्केबर–वैकल्पिक व्यवस्था गरी थप बिजुली ल्याउन लागिएको हो ।

गत मंसिरमा प्राधिकरण र भारतका विभिन्न ऊर्जा कम्पनीहरूबीच यस्तो सम्झौता भएको थियो । थप बिजुली ल्याउन भारतीय कम्पनी पावर ग्रिडले मुजफ्फरपुर बिन्दुमा २२०(१३२ केभिएको थप ट्रान्सफर्मर राखिदिएको छ ।

-नयाँ पत्रिका दैनिकबाट