
सुनसरीको धरानमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता खनालले दाहाल र देउवाले नै देश टुक्र्याउने गरी संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गराएको आरोप लगाएका हुन् ।
उनले भारतको डिजाइनमा संविधान संशोधनको प्रस्ताव संसद्मा दर्ता गरिएकाले त्यो कुनै पनि हालतमा आफूहरुलाई मान्य नहुने बताए ।
कांग्रेस र माओवादी केन्द्रले विदेसीको इसारामा लागेर राष्ट्रिय हितविपरितको संशोधनको प्रस्ताव ल्याएकाले एमालेले संशोधन प्रस्तावको विरोध गरेको उनको भनाइ थियो ।
नेता खनालले संविधानसभाले पारित गरेको संविधानमा राखिएको सात प्रदेशको खाकामा एक इन्च पनि तलमाथी पार्न नदिने दाबी गरे ।
प्रतिक्रिया दिनुहोस्