२ जेष्ठ २०८२, शुक्रबार | Sat May 17 2025


पूर्वराजाबारे निधिको अभिव्यक्तिलाई लिएर कांग्रेसमा आपत्ति


0
Shares

पूर्वराजा या कसैको पनि अभिव्यक्ति स्वतन्त्रतामाथि बन्देज पुर्‍याउन नहुने र त्यसो गर्नु कांग्रेसकै सिद्धान्त र मान्यताविपरित हुने चेतावनी कांग्रेसका वरिष्ठ नेताहरूले निधिलाई दिएका छन् । पार्टीको उद्धेश्य र नीतिअनुरूपको संयमपूर्ण राजनीति नतोड्न र बोल्न पाउने अधिकारबाट कसैलाई बञ्चित नगर्न पनि उनीहरूले मन्त्री निधिलाई सचेत गराएका छन् ।

पार्टीको उद्देश्य र नीतिअनुरुपको संयमपूर्ण राजनीति नतोड्न र बोल्न पाउने अधिकारबाट कसैलाई वञ्चित नगर्न पनि उनीहरुले मन्त्री निधिलाई सचेत गराए ।

कांग्रेस वरिष्ठ नेता एवं सांसद कुलबहादुर गुरुङले पूर्वराजाले एक सम्मानित नागरिकको हैसियतमा मुलुकमा भए–गरेका कार्यमा सोच्न र अभिव्यक्ति दिन सकिने बताए । –अन्नपूर्ण पोस्ट दैनिकबाट