Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


भूकम्पपीडितलाई तीन लाख होइन, दुई लाखमात्र दिन दाताको दबाब


0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल अध्यक्ष रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको असोज १० गते बसेको बैठकले भूकम्पपीडितलाई घर बनाउन दिने अनुदान रकम दुई लाखबाट बढाएर तीन लाख रुपैयाँ पुर्‍याउने निर्णय गरेको थियो ।

दातृ निकायले आफूहरुसँग छलफल नै नगरी सरकारले अनुदान रकम बढाउने निर्णय गरेको र विगतको सम्झौतामा पीडितलाई घर बनाउन दुई लाख रुपैयाँमात्रै दिने निर्णय भएको भन्दै थप एक लाख कटौती गर्न दबाब दिएका हुन् ।

अनुदान रकम नबढाउन बढी दबाब दिनेमा विश्व बैंक, अमेरिकी सहयोग नियोग युएसएड र जापान सहयोग नियोग जाइका छन् । –नागरिक दैनिकबाट