२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


बौद्धिक अपाङ्गता भएका व्यक्तिहरु राज्यबाट हेपिएको गुनासो


0
Shares

बौद्धिक अपाङ्गताका अभिभावकको महासंघ नेपालले राजधानीमा गरेको पत्रकार सम्मेलनमा उनीहरुले बौद्धिक अपाङ्गता भएका व्यक्तिको हक, अधिकार संरक्षण गर्न राज्य उदासीन भएको आरोप लगाएका हुन् ।

बौद्धिक अपाङ्गता भएका व्यक्तिहरु शिक्षा, स्वास्थ्यलगायत राज्यबाट पाउनु पर्ने सुविधाबाट बन्चित भएको भन्दै उनीहरुले राज्यले बौद्धिक अपाङ्ता भएका व्यक्तिलाई सबैखाले पहुँच दिलाउन माग गरेका छन् ।

महासंघका महासचिव शिवराज अधिकारीले बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुले पनि राज्यको बिकासमा योगदान दिनसक्ने भएकाले राज्यको प्रत्येक निकायमा समावेश गर्नुपर्नेमा जोड दिए ।

बौद्धिक अपाङ्गता भएका व्यक्तिहरु स्वतन्त्ररुपमा बाँच्न पाउने सामान्य मानव अधिकारबाट समेत बन्चित रहेकाले गम्भिर हुन राज्यसँग उनको आग्रह थियो । अहिले नेपालमा बौद्धिक अपाङ्गता भएका व्यक्तिको संख्या १५ हजार रहेको छ ।