२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


बुरुन्डीका वातावरणमन्त्रीको गोली हानी हत्या


0
Shares

नयाँवर्षको कार्यक्रमका लागि आफ्नो घर जाँदै गर्दा निपोन्कुरामाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ ।

५४ वर्षीय निपोन्कुरासँगै रहेकी महिलालाई पक्राउ गरी सोधपुछ गरिएको बताएइको छ ।

बुरुन्डीका राष्ट्रपति पियर कुरान्जिजाले अपराधीलाई न्यायको कठघरामा ल्याएरै छोड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

राष्ट्रपति कुरान्जिजाले तेस्रो कार्यकालका लागि पनि राष्ट्रपतिमा लडेपछि भड्किएको हिंसामा उच्च सैन्य अधिकारीसहित सयौं मानिसको मृत्यु भएको छ ।

विपक्षीहरुले कुरान्जिजाको कदम असंवैधानिक भनेका छन् । (एजेन्सी)