Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


वायुसेवा कम्पनीले दुई अर्ब ३५ करोड बक्यौता बुझाउन बाँकी, सांसदहरुको आक्रोश


0
Shares

काठमाडौं, चैत ३ । सांसदहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीहरुकै मिलमेतोमा बक्यौता रकम नउठाइएको शंका गर्दै आक्रोश व्यक्त गरेका छन् ।

आइतबार प्रतिनिधिसभाअन्तर्गत्को लेखा समितिको बैठकमा सांसदहरुले विमानस्थलका कर्मचारीहरुले अदालतलाई देखाएर बक्यौता रकम हिनामिना गरेको हुनसक्ने आशंकासमेत व्यक्त गरेका छन् ।

सरकारीसहित निजी वायुसेवा कम्पनीले दुई अर्ब ३५ करोड रुपैयाँ बढी बक्यौता तिर्न बाँकी छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले नेपाल एअरलाइन्स, सौर्य एअरलाइन्स, हिमालय एअरलायन्ससहित केही विदेशी एअरलायन्स कम्पनीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई करिब दुई अर्ब ३५ करोड बराबरको बक्यौता रकम बुझाउन बाँकी रहेको बताएका हुन् ।

सो रकममध्ये ५० लाख भुक्तानी हुनेक्रममा रहेको उनको भनाइ थियो ।

सांसदहरुको आक्रोशपछि विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले तीन महिनाभित्र सो बक्यौता रकम असुल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सांसदहरुले विमानस्थलमा राखिएका पसलहरुमा सेवा र वस्तुको चर्को मूल्य लिने गरेको, ट्याक्सीले जथाभावी भाडा लिने गरेको भन्दै प्राधिकरणको ध्यानाकर्षण गराएका थिए ।

Skip This