पोखरा, चैत ३ । पोखरा महानगरपालिकाका सबै बसमा आगामी नयाँवर्षदेखि इ–टिकेटिङ सिस्टम लागू गर्ने तयारी गरिएको छ ।
पोखरा महानगरपालिका, पोखराका बस व्यवसायीहरु र काठमाडौंको एनक्लाउड कम्पनीबीच महानगरका बसहरुमा इ–टिकेटिङ सिस्टम लागू गर्ने सहमति भएको होे ।
बस व्यवसायीले प्रत्येक यात्रीलाई विशेष प्रकारको कार्ड उपलब्ध गराउने र यात्रा गरेको ठाउँको भाडा स्वतः कार्डबाट बैंकमा ट्रान्सफर हुने जनाइएको छ ।
कार्डको मूल्य १५० रुपैयाँ रहेको र एकपटकमा एक हजारसम्म जम्मा गर्न मिल्ने जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्