
यही विद्यालयमा एउटै कक्षामा ७५ जनासम्म कोचिएर पढ्थे । विद्यार्थी बढी भएपछि सेक्सनसमेत छुट्टाइएको थियो । दुईसाता अघि उनलाई भेट्न पुग्दा उनी कक्षा ६ मा दुईजनालाई स्वास्थ्य शारीरिक विषय पढाइरहेकी थिइन ।
‘उ बेला कक्षाभरी विद्यार्थी नी पढाएँ, अहिले दुई जना पढाउनु परेको छ,’ उनले भनिन । विद्यार्थी कम दुँदै गएपछि निर्मला कहिलेकाँही भक्कानीएर रुन्छिन् ।
विद्यालय र विद्यार्थीका बारेमा कुरा गर्दागर्दै उनी हामीसँग पनि भक्कानिएर रोइन् । ‘हेर्दाहेदै विद्यार्थी घट्यो । विरक्त लाग्छ,’ कक्षामा रुँदै उनले भनिन् ।
शिक्षा नियमावलीको मापदण्ड अनुसार एउटा कक्षामा न्यूनतम ४० विद्यार्थी हुनुपर्छ । यही आधारमा सामुदायिक विद्यालय शिक्षक तोकिएका छन् ।
तर पछिल्लो समय कैयन स्कुलमा विद्यार्थी घटेर एक–दुई जनामा सिमित हुन थालेपछि यस्तो बेहाल खप्न नसकी कतिपय शिक्षक भक्कानिएर रुन्छन् ।
जिल्ला जिल्लामा विद्यार्थी अनुपात सयदेखि हजारभन्दा बढी शिक्षक छन् । दरबन्दी भन्दा बढी शिक्षकका लागि मात्रै राज्यको २ अर्ब २३ करोड खर्च भइसकेको छ ।
-कान्तिपुर दैनिकबाट
प्रतिक्रिया दिनुहोस्