३ जेष्ठ २०८२, शनिबार | Sat May 17 2025


विभागकै कर्मचारीको सेटिङमा मानव तस्करी


0
Shares

अवैधानिक ढंगले घरेलु कामदार बनेर खाडी मुलुक जानेलाई निरुत्साहन गर्नुको सट्टा विभागकै कर्मचारी आर्थिक प्रलोभनमा परी मानव तस्करलाई प्रश्रय दिइरहेका छन् ।

श्रम तथा रोजगार मन्त्रालय र वैदेशिक रोजगार विभागको संरक्षणमा विभाग मातहतको ताहाचलस्थित काठमाडौं कार्यालयले गैरकानुनी ढंगले श्रम स्वीकृत दिएर मानव तस्करलाई प्रश्रय दिएको हो ।

सरकारले नयाँ कामदारलाई घरेलु कामदारमा जान प्रतिबन्ध लगाएका मुलुकमा विभागका कर्मचारीले श्रम स्वीकृत नविकरण (रिइन्ट्री) र बैधानिकरणको(लिगलाइजेसन) का नाममा अनियमितता गरिरहेको स्रोतको दावी छ ।

सरकारले कुवेत, ओमान, वहराइन, साउदी, कतारलगायतका मुलुकमा नयाँ घरेलु कामदार पठाउन प्रतिबन्ध लगाएको छ ।

सरकारले घरेलु कामका लागि जान नयाँ कामदारमाथि प्रतिबन्ध लगाए पनि बैदेशिक रोजगार विभागका कर्मचारीको मिलेमतो(सेटिङमा) झुटो विवरण बनाएर स्विकृती दिएको भेटिएको छ ।
-अन्नपूर्ण पोष्ट दैनिकबाट