२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


‘प्रदेश नम्बर–१ को राजधानी इटहरी हुने सम्भावना’


0
Shares

                                                                               फाइल फोटो
रामधुनीभासी नगरपालिकाको दोस्रो बजेट सार्वजनिक तथा नीति कार्यक्रम घोषणासभाका अवसरमा सन्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा उनले प्रदेश नम्बर–५ का कसैले पनि सीमांकन फेरबदलको कुरासमेत नउठाएका विषयमा सरकारमा सहभागी राजनीतिक दलले प्रस्ताव ल्याएर मुठभेड निम्त्याउने कार्य गरेको आरोप लगाए ।

उनले प्रदेश नम्बर–१ को राजधानी इटहरी हुनसक्ने प्रबल सम्भावना बढिरहेको तथा सुनसरी, मोरङ र झापा कुनैपनि हालतमा २ नम्बर प्रदेशमा जाने परिकल्पनासम्म गर्न नसकिने जिकिर गरे ।

त्यस अवसरमा नगरपालिकाका कार्यकारी अधिकृत प्रमोदकुमार चौधरीले आर्थिक वर्ष २०७४÷७५ का लागि रु १६ करोड १२ लाख ९ हजार ५०० को बजेट सार्वजनिक गर्दै नगरपालिकालाई वातावरणीय हिसाबले स्वच्छ बनाउने अभियानलाई जोड दिने नीति तथा कार्यक्रम बजेटमा भएको बताए ।

राजनीतिक शुद्धीकरणमा जोड
नेपाली कांग्रेसका नेता डा. रामशरण महतले हरेक क्षेत्रमा बढेका स्वेच्छाचारिता एवं नैतिकहीनता र बेथितिले देश लथालिंग बनिरहेकाले अब सबैले एकचोटि शुद्धीकरण अभियान चलाउन जरुरी रहेको बताएका छन् ।

बीपी कोइरालाद्वारा वि.सं. २००७ मा स्थापित इटहरी–७ को सरस्वती माविका बालबालिकाका लागि लोकतान्त्रिक विचार प्रसार समितिले आयोजना गरेको शैक्षिक सामग्री वितरण समारोहमा उनले समाजका हरेक निकाय एवं नागरिक समाजलाईसमेत सभ्य एवं समुन्नत बनाउनका लागि नैतिक चरित्रको जरुरत रहनेतर्फ सचेत गराए ।

उनले ‘नेपाली जनताले तिरेको करमध्ये हरेक वर्ष रु एक खर्बभन्दा बढी लगानी हुँदै आएको नेपालको सरकारी विद्यालयका स्तर ज्यादै दयनीय र खस्कँदो बनिरहेकाले सकारात्मक प्रतिफल नआउनाको पछाडि शैक्षिक क्षेत्रमा व्याप्त राजनीति नै प्रमुख कारण देखिँदै आएकाले अब शिक्षा क्षेत्रलाई राजनीतिमुक्त तुल्याउन जरुरी छ’–भने ।

अब शिक्षा र सबै सरकारी निकायमा मौलाउँदो गलत राजनीतिक संस्कृति समाप्त नपारेसम्म देशले असल गति लिन नसक्ने बताउँदै उनले राजनीतिक दलका नेताले आफूलाई सच्याउन जरुरी रहेकामा जोड दिए ।

सो अवसरमा विद्यालयलाई एलइडी टेलिभिजन, खेलकुदका सामग्री र कक्षाकोठाका लागि आवश्यक सजावटका सामग्रीका साथै बालकक्षामा अध्ययनरत् ३० जनालाई स्वीटर प्रदान गरिएको थियो । रासस