
उत्तर कोरियाका नेता किम जोङ उनले ‘मिसाइल अन्तिम चरणमा’ पुगेको दाबीलाई ‘ठट्टा’ भन्दै ट्रम्पले यस्तो नहुने बताए ।
ट्रम्पले उत्तर कोरियाको आणविक क्षमतामाथि आशंका व्यक्त गरेका हुन् या यसलाई रोक्ने योजनामा लाग्न खोजेका हुन् त्यो भने स्पस्ट नभएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुले जनाएका छन् ।
गत आइतबारमात्र नयाँवर्षको सन्देशकाक्रममा किमले अन्तरमहाद्विपीय ब्यालेस्टिक मिसाइल परीक्षण अन्तिम चरणमा पुगेको दाबी गरेका थिए ।
‘बलियो शत्रुले पनि छुन नसक्ने गरी पूर्वमा पनि सैन्यशक्ति तयार’ रहेको किमको जिकिर थियो ।
गत वर्षमात्र प्योङयाङले दुईओटा आणविक परीक्षण गरेको थियो । संयुक्त राष्ट्रसंघले प्रस्ताव नै पारित गरी उत्तरलाई आणविक र मिसाइल परीक्षण समाप्त गर्न भनिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्