२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


फिलिपिन्स जेलमा आक्रमण, १ सय ५० बढी कैदी भगाइए


0
Shares

आक्रमणमा एक सुरक्षा गार्ड मारिएका छन् । दर्जनौं संख्यामा रहेका हतियारधारीले किडापवान शहरमा पर्ने कोटाबाटो जिल्लाको जेलको मूख्य ढोकामा आक्रमण गरी उनीहरुलाई भगाएका हुन् ।

फिलिपिन्स सैनिक र प्रहरीको टोलीले जेलबाट भागेका कैदी र आक्रमणकारीको खोजी व्यापक बनाएका छन् ।

जेलबाट भागेकामध्ये ६ जनालाई नियन्त्रणमा लिइसकिएको छ । अलग्गै इस्लामिक राज्य माग्नेसँग सम्बन्धित समूहले आक्रमण गरेको अनुमान गरिएको छ ।

फिलिपिन्समा क्याथोलिक धर्म मान्ने अलग राज्यको माग गर्दै एक दशकदेखि संघर्ष गर्दै आएका छन् ।

उनीहरुले अपहरण, जेल ब्रेक, विष्फोटलगायतका गतिविधि गर्दै आएका छन् । फिलिपिन्समा एमआईएलए नामक शसस्त्र समूहले सरकारसँग शान्ति सम्झौता गरी हतियार बुझाउन सहमत भएपनि अरु थुप्रैं गूट सशस्त्र संघर्षमा छन् ।

फिलिपिन्समा जेलमा आक्रमण गर्ने र कैदी भगाउने घटना सामान्य जस्तै मानिइएपनि यो जेल आक्रमण भने पछिल्लो एक दशककै सबैभन्दा ठूलो मानिएको छ । (एजेन्सी)