
काठमाडौं । इथियोपियन एयरलाइन्सले यही मार्च १० मा आफ्नो विमान दुर्घटना हुँदा निधन भएका १५७ जनाका परिवारलाई अन्तिम संस्कारका लागि दुर्घटनास्थलको माटो र खरानी दिने प्रस्ताव गरेको छ ।
एयरलाइन्सले मृतकका बाँकी रहेका शरीरका भागको पहिचान गर्न समय लाग्ने भएपछि अन्तिम संस्कारका लागि परिवारका सदस्यलाई दुर्घटनास्थलको माटो र खरानी दिने प्रस्ताव गरेको हो ।
दुर्घटनास्थलबाट माटो तथा खरानी संकलन गर्ने तयारी भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । मृतकका शरीरका अंगको पहिचान गर्न ६ महिनासम्म लाग्ने बताइएको छ ।
यसले गर्दा अन्तिम संस्कारका लागि माटो र खरानी दिने प्रस्ताव इथियोपियन एयरलाइन्सले गरेको हो ।
इथियोपियनको अडिस अवाबाबाट केन्याको नैरोबीका लागि उडेको बोइङ ७३७ म्याक्स एच विमान मार्च १० तारिखमा दुर्घटना भएको थियो ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्