२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


चीनमा छुरा प्रहारबाट ११ बालबालिका घाइते


0
Shares

गुआङ्जी प्रान्तको एक किन्डरगार्डेन स्कूलका बच्चालाई चक्कू प्रहार गरी ती व्यक्तिले घाइते बनाएका हुन् । चक्कु प्रहारबाट घाइते तीन जनाको अवस्था चिन्ताजनक छ ।

आफ्नो बच्चा लिन आएको भन्दै स्कूल छिरेका ती व्यक्तिले एकाएक बच्चामाथि प्रहार गरेका थिए । ती व्यक्ति यसअघि गाउँमा झगडा गरेर आएको र त्यसैको रिसईबी फेर्न बच्चालाई निशाना साँधेको हुनसक्ने प्रहरीले जनाएको छ ।

चक्कु प्रहार गर्ने ती व्यक्तिको नाम जीअ पेंगन रहेको र उनलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ । (एजेन्सी)