२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


अमेरिकी राष्ट्रपति चुनावमा रुसी चासोबारे आगामी साता खुलासा गरिने


0
Shares

अमेरिकी चुनावका बेला भएको भनिएको रुसी हस्तक्षेपका बारेमा क्लेपरले राष्ट्रपति बाराक ओबामालाई प्रतिवेदन बुझाएका छन् । उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले डेमोक्रेटिक पार्टीका ईमेल लिक गर्न आदेश दिएको र यसका पछाडिको उद्देश्य आगामी हप्ता खुलासा गर्ने बताए ।

यसअघि उनले रुसी ह्याकिङका बारेमा केही बताएका थिएनन् । सिनेटको सैन्य समितिले यसबारेमा सुनुवाई गरिरहेको छ । यसको नेतृत्व रिपब्लिकन सिनेटर जोन मेक्केनले गरिरहेका छन् ।

अमेरिकी चुनावमा हस्तक्षेप गरेको आरोप लगाउँदै अमेरिकाले रुसका ३५ जना कूटनीतिज्ञलाई देश निकाला गरिसकेको छ । गुप्तचर विभाग प्रमुख क्लेपरले रुसले अमेरिकामा विभिन्न भ्रम, गलत सूचना र झुठो खबर फैलाएको बताएका छन् । (एजेन्सी)