Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


लगानी सम्मेलनमा प्रस्तुत् गर्ने ६३ ओटा परियोजनाको सूची स्वीकृत


0
Shares

काठमाडौं, चैत २ । लगानी बोर्डले आगामी लगानी सम्मेलनमा प्रस्तुत् गर्ने गरी ६३ ओटा परियोजनाको सूची स्वीकृत गरेको छ ।

ती परियोजनाको विकास तथा कार्यान्वयन अवधारणा स्वीकृत गरी आगामी लगानी सम्मेलनमा प्रस्तुतिकरण गर्ने निर्णय भएको बोर्डले जनाएको छ ।

प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बोर्डको ३५औं बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकमा प्रधानमन्त्री ओलीले सम्मेलनबाट निजी क्षेत्रले प्रशस्त लाभ लिनसक्ने विश्वास व्यक्त गर्दै परियोजनाका लागि तोकिएको जग्गा हदबन्दीसम्बन्धी देखिएका समस्याहरु समाधानका लागि आवश्यक पहल गर्न सम्बद्ध अधिकारीलाई निर्देशनसमेत दिएका थिए ।

बोर्डले दक्षिण कोरियाको मोट्रेक्स कम्पनी लिमिटेडले पेस गरेको सवारी–साधन उत्पादनसम्बन्धी परियोजनाका लागि १० अर्ब ५४ करोडको विदेशी लगानी स्वीकृत गर्ने निर्णयपनि गरेको छ ।

बैठकले अरुण–३ जलविद्युत् परियोजनाको विकासकर्ता कम्पनी एसजेभीएन अरुण–३ पावर डेभलपमेन्ट कम्पनी प्रालिलाई परियोजनाका लागि वित्तीय व्यवस्थापनको म्याद आगामी ३० जुन २०१९ सम्म थप गर्ने निर्णय गरेको छ ।