२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


फ्लोरिडा विमानस्थलमा अन्धाधुन्ध गोली प्रहार, एक व्यक्तिले गरे पाँच जनाको हत्या


0
Shares

फ्लोरिडाको फोर्ट लाउडरडेल विमानस्थलको टर्मिनल टूमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा उनीहरु मारिएको सरकारी अधिकारीले बताएका छन् ।

घटनामा अरु ८ जना घाइते भएका छन् । एक व्यक्तिलाई पक्राउ गरिएको स्थानीय प्रहरीले जनाएको छ ।

स्टेबान सान्टियागो नाम गरेका व्यक्तिले आक्रमण गरेको सुरक्षा अधिकारीलाई उधृत गर्दै अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सान्टियागोले आफ्नो झोलामा बन्दुक ल्याएको उल्लेख गरिएको छ । आक्रमण किन गरिएको भन्ने खुलेको छैन ।

सान्टियागोसँग सैनिक परिचयपत्र रहेको जनाइएको छ । उनी सन् २००७ मा राष्ट्रिय सुरक्षा गार्डमा भर्ती भएको र २०१० मा १० महिनाका लागि इराक गएको उल्लेख गरिएको छ । (एजेन्सी)