Logo ८ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 21 2026


लोकमानमाथि कालोमोसो दल्नेलाई एक महिना कैद


0
Shares

न्यायाधीश डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संयुक्त इजलासले सोमबार कार्कीलाई कालोमोसो दल्ने प्रशल भन्ने प्रकाश शाही र चन्द्रबहादुर बुढालाई जनही एक महिना कैद हुने आदेश जारी गरिएको हो ।

अदालतमा मुद्दाको तारेख लिन आउँदा यही पुस ७ गते शाही र बुढाले अदालत परिसरमै कार्कीलाई कालोमोसो दलेका थिए । सोही दिन नै पक्राउ गरी दुबैलाई थुनामा राखिएको थियो ।

सर्वोच्चले सोमबार जारी गरिएको आदेशमा भनिएको छ–‘निजहरुलाई थुनामा राखेकै मितिबाट कैद कट्टा हुने गरी कैदीपूर्जी दिइ कैदमा राख्न जिल्ला कारागार कार्यालय काठमाडौंमा पठाइदिने ।’

कालोमोसो दल्नेद्वयलाई अदालतको अवहेलनाअन्तर्गत् मुद्दा चलाइएको थियो ।

‘न्यायलयको कार्यसम्पादनमा अवरोध पुर्‍याउने कार्य कसैले पनि गर्नु हुँदैन’–आदेशमा शाही र बुढाले अदालतको मानहानी हुने मनसायले नभइ व्यक्तिलाई कालोमोसो दलेको बयान दिएपनि ‘उन्मुक्ति दिन नमिल्ने र त्यसलाई स्वीकार गर्न नसकिने’ उल्लेख छ । रासस