
यसदिन नेप्से साढे ११ अंकले बढेर १४ सय ५८ बिन्दूमा पुग्यो । यसदिन विकास बैंक र होटल समूहबाहेक अरु कारोबार भएका सबै समूहमा सुधार आयो ।
बीमा समूह सबैभन्दा उच्च १ सय ४७ अंकले उक्लियो । वाणिज्य बैंक समूह ११ अंकले उक्लियो भने जलविद्युत् समूहमा पनि करिब १० अंकको सुधार आयो । यसदिन कारोबार परिमाणमा पनि निकै गिरावट आयो ।
१ सय १७ कम्पनीको ४ लाख ३५ हजार कित्ता सेयर २६ करोड ४५ लाख रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्