२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


सरकारलाई डाक्टरको खडेरी, नियुक्तिपत्र लिन बोलाउँदा पनि गएनन् चिकित्सक


0
Shares

मन्त्रालयले विभिन्न समूहमा गरी १५८ कन्सलटेन्ट पदका लागि दर्खास्त मागेको थियो । तर ९० जनाले मात्र दर्खास्त दिएका थिए ।

अन्तरवार्तामा दुईजना अनुपस्थित रहे भने ८८ जना पास भए । ८८ मध्ये पनि २९ जनाले मात्रै नियुक्ति बुझेको मन्त्रालयले जनाएको छ ।

बाँकी ५९ चिकित्सक भने बोलाउँदा पनि नियुक्तिपत्र लिन पुगेका छैनन् ।

मन्त्रालयले रिक्त पदमा पदपूर्ति गर्न ७ मंसिरदेखि १५ पुससम्म अन्तरवार्ता लिएको थियो । –नयाँ पत्रिका दैनिकबाट