३ जेष्ठ २०८२, शनिबार | Sat May 17 2025


उपत्यकाका सबै नदी किनारमा करिडोर बन्दै


0
Shares

काठमाडौं उपत्यका विकास प्राधिकरणले उपत्यकाको बढ्दो बस्ती र सवारी जाम व्यवस्थित गर्न करिडोर निर्माण विस्तार अघि बढाएको हो ।

विस्तार भइरहेका र बाँकी करिडोरलाई तीव्र रुपमा अघि बढाउने लक्ष्य रहेको उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारीले जानकारी दिए ।

उनका अनुसार सुन्दरीजल–कुपण्डोलसम्म वागमती नदीको दायाँबायाँ करिडोर निर्माणको काम भइसकेको छ ।

वागमती, विस्णुमति, मनोहरा, नख्खु, बल्खु, कर्मनासा, कोडकु, साङले र महादेव खोला धोबी खोला लगायतमा करिडोर निर्माणका लागि सरकारले पहिले नै निर्धारण गरिसकेको उनले बताए । –कान्तिपुर दैनिकबाट