
औरंगवाद सहरको ‘सेन्ट्रल इन्डष्ट्रियल सेकुरिटी फोर्स’ मा कार्यरत् सुरक्षा अधिकारीबीच सुरक्षा विषयमा एक–आपसमा जानकारी गराइरहेका समयमा सो घटना भएको बताइएको छ ।
छलफलकाक्रममा अर्धसैनिक सुरक्षा अधिकारीले गोली चलाउँदा दुईजनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने गम्भीर घाइते दुईजनाको उपचारकाक्रममा मृत्यु भएको एक सुरक्षा अधिकारीले आफ्नो नाम गोप्य राख्ने शर्तमा सिन्ह्वालाई बताए ।
घटनास्थल बिहारको राजधानी पटनाबाट १२० किलोमिटर टाढा पर्दछ । रासस/सिन्ह्वा
प्रतिक्रिया दिनुहोस्