
आयोगले मागेको प्राविधिक र अप्राविधिकतर्फ शाखा अधिकृतको ९ सय ८० पदमा ५३ हजार ४ सय १६ जनाले आवेदन फाराम भरेको आयोगका दर्खास्त व्यवस्थापन केन्द्रका शाखा अधिकृत नारायणप्रसाद गौतमले जानकारी दिए ।
उनका अनुसार प्राविधिकतर्फ ६६ गुणा र अप्राविधिकतर्फ ४३ गुणाबढीले आवेदन फाराम भरेका छन् । प्राविधिकतर्फ ४ सय ७२ पदका लागि ३१ हजार ५ सय १७ र अप्राविधिकतर्फ ५ सय ८ जनामा २१ हजार ८ सय ९९ जनाले फाराम भरेका थिए ।
शाखा अधिकृत गौतमले प्राविधिकतर्फ एउटै उम्मेदवारले धेरै विषयमा फाराम भर्ने भएकाले संख्या बढेको बताए ।
प्राविधिकतर्फ कात्तिकको अन्तिम साता र अप्राविधिकको मंसिरको अन्तिम साता अधिकृत तहका विभिन्न पदमा आवेदन माग गरिएको थियो । आयोगले मंसिर २९ गते शाखा अधिकृतका विभिन्न सेवातर्फका लागि दर्खास्त आवेदन माग गरेका थिए ।
आयोगले गत वर्षदेखि अनलाइनमार्फत फाराम भर्न व्यवस्था गरेको थियो । (रासस)
प्रतिक्रिया दिनुहोस्