३ जेष्ठ २०८२, शनिबार | Sun May 18 2025


दुर्घटनाको कारक भएमा पैदलयात्रुलाई पनि दण्ड गर्ने तयारी


0
Shares

सडकमा जथाभावी चौपाया छाड्नु हुँदैन । सडकलाई बिस्कुन सुकाउने स्थान बनाउन पाइँदैन ।

यस्ता सामान्य विषयमा लापरवाही गर्दै आएका तपाईहामी अब भने जिम्मेवार र सजग बन्नुपर्नेछ, नत्र दण्डको भागिदार ।

सवारीसाधनलाई निषेधित क्षेत्रमा पार्किङ गर्दा दुर्घटना भए र जथाभावी सडक अवरुद्ध र तोडफोड गरे क्षतिपूर्ति दिनुपर्नेछ । यस्तै सवारी साधन र सडकको अवस्थाका कारण दुर्घटना भए सवारी धनी र सडक निर्माण गर्ने निकाय सजायका भागिदार हुनेछन् ।

सरकारले पैदल यात्रुसमेतलाई दुर्घटनामा दोषी देखिए कारवाहीको व्यवस्थासहितको सडक सुरक्षा ऐन ल्याउने तयारी गरेको छ । सडक विभागले सरोकारवाला निकायको सहकार्यमा सडक प्रयोगकर्ता, निर्माता र सवारीसाधन सबैलाई कसुर अनुसार सजाय र क्षतिपूर्ति भराउने व्यवस्थासहित ‘नेपाल सडक सुरक्षा ऐन–२०७३’ मस्यौदा तयार पारेको हो । –नागरिक दैनिकबाट