२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


केन्द्रीय मानन्धर संघको ६४औं स्थापना दिवस मनाइयो


0
Shares

सोमबार काठमाठौंमा भएको कार्यक्रममा यस वर्षको प्रबुद्ध व्यक्तिबाट चस्वाँद्वयका बसन्तकुमार मानन्धरलाई सम्मान गरियो ।

शिक्षाविद् एवं भाषाविद ज्ञानकाजी खिं मानन्धरले मानन्धरलाई कदरपत्रसहित नेवारी परम्पराअनुसार बेतालीं लगाएर सम्मान गरेका थिए ।

यस्तै, इमेज च्यानलका महाप्रबन्धक रघुबरभक्त मानन्धर र गंगा मानन्धरको नाममा स्थापित पदकबाट यस वर्ष विभिन्न विषयमा पीएचडी गरेका डा. त्रिरत्न मानन्धर, डा. दीपेन मानन्धर र डा. तृष्णा मानन्धरलाई सम्मान गरिएको थियो ।

सोही अवसरमा यसवर्ष शिक्षा क्षेत्रमा एसएलसी, प्लस टु, स्नातक र स्नातककोत्तरमा उत्कृष्ट हुने मानन्धर समुदायका विद्यार्थीहरुलाई पदकसहित सम्मान गरिएको थियो ।

साथै, बसुन्धरा लक्ष्मीदेवी असाह्य वृद्धकोषबाट दुईजना बृद्धबृद्धालाई आर्थिक सहयोगसमेत गरिएको थियो ।

कार्यक्रममा विभिन्न खेलकुद, निबन्ध तथा नृत्य प्रतियोगितामा विजयी हुनेहरुलाई पनि पुरस्कृत गरिएको थियो ।

सोमबारै काठमडौंको मरुतवहीलमा २६ जना मानन्धर समुदायको बालिकाहरुको संयुक्तरुपमा बेलविवाहसमेत गरिएको थियो ।