Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


काभ्रेमा कृषि विकास कार्यालयको गाडी दुर्घटना, तीनजना गम्भीर घाइते


0
Shares

बा१झ ५४०८ नम्बरको जिल्ला कृषि विकास कार्यालयको गाडी दुर्घटना हुँदा गाडीमा रहेका जिल्ला कृषि विकास कार्यालयका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत दुर्गाप्रसाद पण्डित, नेकपा माओवादी केन्द्रका जिल्ला सचिव इन्द्रबहादुर थिङ र चालक तिलक बस्नेत गम्भीर घाइते भएका छन् ।

गोकुले गाविसबाट घर्तीछापतर्फ आउँदै गरेको गाडी घर्तीछाप–८ कोल्टारमा बिहान दुर्घटना भएको हो ।

बुधबार डाँडापारि क्षेत्रमा गरिएको कृषि क्षेत्र घोषणा कार्यक्रममा सहभागी भएर विहीबार फर्कनेक्रममा उक्त बस दुर्घटनामा परेको हो ।

घाइतेलाई हेलिकोप्टरमार्फत् उपचारका लागि काठमाडौं लगिएको प्रमुख जिल्ला अधिकारी शिव सिम्खडाले जानकारी दिए ।

गाडीमा १० जना सवार थिए र गम्भीर घाइते तीनमध्ये अन्यको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका डीएसपी नवीनराज राईले जानकारी दिएका छन् । रासस