२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुईको मृत्यु


0
Shares

सल्लाघारी सैनिक महाविद्यालय अगाडि बा २ ख ९७२१ नम्बरको मिनी ट्रकले दुईवटा मोटरसाइकललाई एकैसाथ ठक्कर दिँदा दुई जनाको मृत्यु भएकोे महानगरीय ट्राफिक प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा बा ४३ प ४५७६ नम्बरको मोटरसाइकल चालक काठमाडौं कालीमाटी बस्ने वर्ष ४५ का सरोज बानियाँ र बा १४ प ५२८८ नम्बरको मोटरसाइकल चालक कालीमाटीकै वर्ष ४४ का अनीलकृष्ण ताम्राकारको घटनास्थलमै मृत्युभएको हो ।

मादकपदार्थ सेवन गरी सवारी चलाएका मिनीट्रक चालक भक्तपुर चाँगु बस्ने वर्ष ३१ का सलन नगरकोटीलाई प्रहरीले नियन्त्रणमा लिएको ट्राफिक हवल्दार दीपेन्द्र शााहीले बताए । (रासस)