
फाइल फोटो
पेटसम्बन्धी समस्या भएपछि विहीबार महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका डा. यादवको इन्डोस्कोपीलगायतको स्वास्थ्य परीक्षण शुक्रबार गरिएको उनका छोरा चन्द्रमोहन यादवले जानकारी दिए ।
विभिन्न परीक्षणपछि आएको प्रतिवेदन सामान्य देखिएको छ । अस्पतालमा भर्ना हुनुअगाडि पूर्वराष्ट्रपति डा. यादवलाई पेटमा समस्या भएको थियो ।
उनको स्वास्थ्य परीक्षणमा वरिष्ठ चिकित्सक प्रेम खड्काको समूह संलग्न छ । चिकित्सकले केही दिन आराम गर्नका लागि सुझाव दिएका छन् । रासस
प्रतिक्रिया दिनुहोस्