२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


सिक्किम युनाइटेडलाई हराउँदै आयोजक सहारा सेमिफाइनलमा


0
Shares

शनिबार भएको क्वार्टरफाइनलमा भारतको सिक्किम युनाइटेड फुटबल क्लबलाई ‘टाइब्रेकर’मा ४–२ ले पराजित गर्दै सहारा अन्तिम चारमा पुगेको हो ।

निर्धारित् ९० मिनेटको खेल र थपिएको ३० मिनेटको अतिरिक्त समयमा पनि गोल नभएपछि खेल टाइब्रेकरमा निर्णायक भएको हो ।

खेलमा सिक्किमका सञ्जय क्षेत्री ‘म्यान अफ द म्याच घोषित’ भए ।

सेमिफाइनलमा सहाराले झापा–११ र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग खेल्नेछ ।

प्रतियोगिताअन्तर्गत् आइतबार मनाङ–मर्स्याङ्दी र धरान फुटबल क्लब भिड्नेछन् ।