
दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरलाई थारु सांस्कृतिक भिलेजको रुपमा विकास गर्न लागिएको हो । महतवा, वडघर र मलमन्सा महासंघ नेपालले दाङको चखौरामा दुईदिने बृहत ऐतिहासिक थारु सांस्कृतिक महोत्सव गरी भिलेज निर्माणको अभियान शुरु गर्न लागेको हो ।
महासंघका अध्यक्ष डिल्लीबहादुर चौधरीले पाँच जिल्लाका १६ स्थानलाई सांस्कृतिक भिलेजको रुपमा विकास गर्ने तयारी भइरहेको बताए ।
मंगलबारबाट शुरु हुने महोत्सवको उद्घाटन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस्