Logo २४ कार्तिक २०८२, सोमबार | Mon Nov 10 2025


आयोजनाको ३९ करोड रुपैयाँभन्दा बढी बजेट खोस्ने दाउमा मन्त्री


0
Shares

सरकारले महत्वसाथ राष्ट्रिय गौरवको आयोजना अन्तर्गत राखेर यसलाई चालु आर्थिक वर्षको बजेटमा ९० करोड रुपैयाँ विनियोजन गरेको छ ।

आयोजनाले खर्च गर्न नसकेको निहुँमा उक्त रकममध्येको ३९ करोड ३९ लाख रुपैयाँ बजेट रकमान्तरण गरी नेपाली कांग्रेसबाट बनेका मन्त्रीद्वय निधि र गिरीले आफूखुसी आयोजनामा थप रकम दिन खोजेका हुन् ।

सिँचाइ मन्त्रालयका एक उच्च अधिकारीका अनुसार राष्ट्रिय गौरवको महत्वपूर्ण आयोजनाबाट रकम झिकेर खुद्रे किसिमका औचित्यहिन आयोजनालाई बजेट दिने सबै तयारी पूरा भएको छ ।

‘मन्त्रीहरुको दबाबमा सचिव र विभागीय प्रमुखहरुबीच छलफल गरेजस्तो गरी आ–आफ्ना गृहजिल्लाका सिँचाइ आयोजनालाई थप बजेट दिने सबै तारतम्य मिलाइएको छ,’ ती अधिकारीले भने, ‘अहिले यसको फाइल सचिव गजेन्द्र ठाकुरसँग पुगेको छ । यही वा अर्को साता स्वीकृतिका लागि अर्थ मन्त्रालय पठाइनेछ ।’

ती अधिकारीका अनुसार रकमान्तर गर्न खोजिएको ३९ करोड ३९ लाख रुपैयाँमध्ये १९ करोड ३९ लाख रुपैयाँ दाङ र धनुषाका मझौला सिँचाइ आयोजनालाई दिइने छ । बाँकी २० करोड रुपैयाँ मर्मतसम्भार गर्ने नाममा विभिन्न सिँचाइ आयोजनालाई दिने प्रपञ्च मिलाइएको छ । –नागरिक दैनिकबाट