२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


सगरमाथाको उचाई नाप्ने भारतको घोषणा


0
Shares

भारतले २०७२ साल वैशाख १२ गते नेपालमा गएको विनाशकारी भूकम्पका कारण सगरमाथाको उचाईमा परिवर्तन भएको छ/छैन भनी उचाई नाप्न लागेको बताइएको छ ।

भारतीय एक टोलीले दुई महिनाभित्र सगरमाथाको उचाई नाप्ने जनाएको छ ।

सेटेलाइट डाटाहरुले भूकम्पका कारण सगरमाथाको उचाई घटेको देखाइको बताइन्छ ।

वैज्ञानिकहरुले ७.८ म्याग्निच्यूडको विनाशकारी भूकम्पका कारण सगरमाथाको उचाई करिब १ मिटर घटेको बताएका छन् ।

६२ वर्षअघि भारतीय सर्भेले पहिलोपटक ८ हजार ८ सय ४८ मिटर अग्गो सगरमाथाको उचाई नापेको थियो । (एजेन्सी)