३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


बाटोमै इन्धन चोरी गरिरहेको अवस्थामा चालक पक्राउ, दुईवटा ट्यांकर नियन्त्रणमा


0
Shares

भारतीय आयल निगमबाट पेट्रोल लोड गरी बारा जिल्ला परवानीपुरस्थित सत्यम् आयल निगममा चालकले पेट्रोल दिनुपर्ने वीरगन्ज आयल निगमको रेकर्ड देखिए पनि ना २ ख ३८२४ नम्बरको तेल ट्याङ्कर चालक वीरगन्ज उपमहानगरपालिका मुर्ली निवासी शम्भु पाण्डेले सिल तोडी चोरी गरी वीरगन्ज गण्डकस्थित एक पेट्रोल पम्पमा तेल दिइरहेको बखतमा मंगलबार पक्राउ परेका हुन् ।

त्यसैगरी, ना २ ख ३८२३ नम्बरका ट्याङ्कर चालक वीरगन्ज उपमहानगरपालिका बहुअरी–१ निवासी मुकेशकुमार कुर्मीले पनि भारतको रक्सौलबाट पेट्रोल लोड गरी बाराको बधवन पम्पमा तेल झार्नुपर्ने देखिए पनि बाराको रिजर्भ आयल निगममा चोरी गरी पेट्रोल झार्दा पर्सा प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुबाट प्रहरीले सिल लागेको सिलबन्दी तोड्ने र तेल राख्ने सामग्री पनि बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताए ।

पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (रासस)