Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


मानवअधिकार संरक्षणका लागि आयोग र प्रहरीले सहकार्य गर्नुपर्ने


0
Shares

काठमाडौंमा आज भएको ‘मानवअधिकार संरक्षणमा नेपाल प्रहरीको भूमिका’ विषयक गोष्ठीमा आयोगका पदाधिकारीहरुले राजनीतिक संरक्षणका कारण गम्भिर मानवअधिकार उल्लंघनका घटनाका दोषीले समेत उन्मुक्ति पाउने गरेको भन्दै आफूहरुसँग सहकार्य गरेर काम गर्न प्रहरी संगठनलाई आग्रह गरेका हुन् ।

उनीहरुले कुनै पनि दोषीले उन्मुक्ति पाउन नहुने बताए । आयोगका सदस्य गोविन्द शर्मा पौडेलले आयोग र प्रहरी संगठनले मिलेर काम गरे मानवअधिकारको स्थिति सुदृढ हुने विश्वास व्यक्त गरे ।

प्रहरी अतिरिक्त महानिरिक्षक प्रतापमान सिंहले गैरकानुनी क्रियाकलाप रोक्न प्रहरी संगठन क्रियाशील रहेको बताए ।