३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


अवैध सुन भित्रिन थालेपछि रसुवागढीमा चेकजाँचमा कडाइ


0
Shares

                                                                                          फाइल फोटो
जिल्ला प्रहरी कार्यालय, रसुवाका प्रमुख फणीन्द्र प्रसाइँकाअनुसार जाँच गर्ने उपकरण एक्स–रे मेसिन नभएका कारण हातले खोलेर, आँखाले हेरेर भएपनि अवैध कारोबारको चेकजाँचमा कडाइ गरिएको हो ।

फल्स बटन तयारी गरी मोटरसाइकल, सुमोजिप र पैसा राख्ने ब्यागमासमेत सुन फेलापर्न थालेपछि मानिसको शरीर तथा सवारी–साधनका विभिन्न पार्टपूर्जामा जाँच परीक्षणकार्यलाई तीव्रता दिइरहेको र अथक प्रयासबाट थोरै परिमाणको सुनसमेत पक्रन नेपाल प्रहरी सफल भएको बताइएको छ ।

अवैध कारोबार रोक्ने सबैको दायित्व भएकाले त्यस्ता अवैध कार्यका सूचना नेपाल प्रहरीलाई उपलब्ध गराइ सहयोग गरिदिन सबैसँग आग्रह गर्दै सूचना दिनेको नाम अतिगोप्य रहने प्रहरी प्रमुख प्रसाइँले बताए ।

यस्तै, सोमबार अपराह्न रसुवागढी नाकामा ११७.३२ ग्राम सुनसहित सिन्धुपाल्चोक सिम्पालकाप्रे–६ का चक्रबहादुर धमलालाई पक्राउ गरी कानुनी कारबाहीका लागि रसुवा भन्सार कार्यालय टिमुरेमा बुझाइसकिएको र उक्त सुनको बजार मूल्य करिब रु पाँच लाख ४० हजार रहेको जिल्ला प्रहरी कार्यालय, रसुवाले जनाएको छ । रासस