१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


युवतीलाई ‘बलात्कार’ गर्ने दुई युवक पक्राउ


0
Shares

जिल्लाको तेरहौता गाविस–८ बस्ने २० वर्षीय सुरेशकुमार सरदारसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका अन्य एक व्यक्तिको नाम खुलाइएको छैन । ती दुबै युवकले वीरेन्द्रबजारसम्म पुर्‍याइदिने भन्दै उक्त युवतीलाई बलात्कार गरेका थिए ।

जबर्जस्ती करणी गरेको भन्ने युवतीले जाहेरी दिएको आधारमा खटिएको प्रहरी टोलीले सरदारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यसैगरी, इलाका प्रहरी कार्यालय महुलीले प्रहरी टोलीले ७० लिटर अवैध मदिरा नष्ट गरेको छ ।

जिल्लाको विभिन्न ठाउँबाट खोजतलास गर्नेक्रममा फेलापारेको उक्त अवैध घरेलु मदिरा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

बरामद गरिएको मदिरा जिल्लाको बकधुवा–९ महुली खोलामा स्थानीय मानिसको रोहबरमा नष्ट गरेको प्रहरीले जनाएको छ ।

यस्तै, इलाका प्रहरी कार्यालय कल्याणपुर र रुपनीबाट खटिएको प्रहरी टोलीले करिब गाजाको सय बोट नष्ट गरेको छ ।

जिल्लाको नेगडा गाविस वडा नम्बर–४, ५, ६ र शम्भुनाथ नगरपालिका ३ र ४ का स्थानीयले आफ्नो घर–करेसाबारीमा लगाएको उक्त गाँजाका बोट नष्ट गरेको प्रहरीले जनाएको छ । रासस