Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


ट्रम्पले दिए मोदीलाई अमेरिका भ्रमणको निम्तो


0
Shares

मोदीलाई ट्रम्पले ‘यही वर्षभित्र’ अमेरिका आउन आग्रह गरेको दुईजनाका बीचमा भएको टेलिफोन वार्तापछि अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले मंगलबार जनाएको छ ।

टेलिफोन वार्ताकाक्रममा राष्ट्रपति ट्रम्पले विश्वका चुनौतीहरु सामना गर्न भारतलाई असल साथी र साझेदारकारुपमा लिएको बताएका थिए ।

अमेरिका र भारतको आर्थिक तथा सुरक्षा चासोका विषयमा मिलेर काम गर्नेबारेमासमेत उनीहरुले छलफल गरेको ह्वाइट हाउसले जनाएको छ ।

प्रधानमन्त्री मोदीले गत नोभेम्बरमा भएको निर्वाचनबाट राष्ट्रपतिमा निर्वाचित भएकोमा ट्रम्पलाई बधाइ दिँदै उनको भारतप्रतिको मित्रभावलाई स्वीकार गरेका थिए ।

हिन्दूहरुको पर्व तिहारमा भारतीय अमेरिकी मतदाताले आफ्नो पक्षमा राम्रो प्रचार–प्रसार गरिदिएको पनि मोदीले टेलिफोन वार्ताकाक्रममा उल्लेख गरेका थिए ।

भारतीय प्रधानमन्त्री मोदीले सन् २०१४ मा सफल प्रयोग गरेको नाराको सिको गर्दै ‘अबको समय, ट्रम्प सरकार’ भन्ने नारा प्रयोग गरेका ट्रम्पले आगामी दिनमा भारतीय नेताहरुसँग मिलेर काम गर्न चाहेको बताएका थिए । रासस/एएफपी