४ जेष्ठ २०८२, आइतबार | Sun May 18 2025


चुनाव घोषणाको सर्तमा एमाले संशोधनमा लचक


0
Shares

तर, त्यसनिम्ति पहिलो स्थानीय तह चुनावको मिति घोषणा हुनुपर्ने उसको सर्त छ ।

यसअघि ८ माघमा कांग्रेस, एमाले र माओवादी केन्द्रले १५ माघभित्र स्थानीय तह, प्रदेश र संघीय संसदको निर्वाचनसँग जोडिएका कानुन पारित गरेर वैशाख अन्तिम साता स्थानीय तहको निर्वाचन गर्ने गरी मिति घोषणा गर्ने सैद्धान्तिक सहमति गरेका थिए ।

सो सहमति कार्यान्वयन हुँदा पुरक संशोधन प्रस्ताव पारित गर्न आफ्नो दल सकारात्मक बन्न सक्ने एमाले केन्द्रीय सचिवालय सचिव प्रदीप ज्ञवालीले बताए । –नयाँ पत्रिका दैनिकबाट