Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


माइती नेपालकी संस्थापक अनुराधा कोइरालालाई भारतको पद्मश्री सम्मान


0
Shares

काठमाडौंस्थित भारतीय दूतावासले आफ्नो ट्वीटर मार्फत कोइरालालाई बधाई दिएको छ । पद्मश्री भारत सरकारले आफ्नो मुलुकका र बाहिरका विभिन्न क्षेत्रमा योगदान पुर्‍याउनेहरुलाई प्रदान गर्ने सम्मान हो ।

उदाहरणीय सामाजिक कार्य गरेबापत २०१७ को पद्मश्री पाउने अनुराधा एक्ली विदेशी हुन् ।

कोइरालाले लामो समयदेखि माइती नेपालमार्फत नेपालबाट भारतमा बेचिएका महिला र बालबालिकाहरुको उद्धार र संरक्षणमा काम गर्दै आएकी छन् । यसअघि उनी २०६८ सालमा सीएनएन हिरो घोषित भएकी थिइन् ।