२३ बैशाख २०८२, मंगलबार | Wed May 7 2025


पर्खाल खर्च उठाउन मेक्सिकोमाथि कर लगाउने अमेरिकी राष्ट्रपतिको तयारी


0
Shares

सीमा क्षेत्रमा पर्खाल लगाउने खर्च जुटाउन राष्ट्रपति ट्रम्पले मेक्सिकोमाथि कर लगाउने तयारी गरेका हुन् । उनले मेक्सिकोका सामान आयातमा २० प्रतिशत कर लगाए वार्षिक करिब १० अर्ब डलर राजश्व संकलन हुने दाबी गरेका छन् ।

ह्वाइट हाउसका प्रवक्ताले मेक्सिकोबाट आयात हुने सामानमा कर लगाएर उठेको रकमले पर्खाल लगाउने तयारी भएको जनाएका छन् ।

अपराध र खुला सिमाना नियन्त्रण गर्न अमेरिकी राष्ट्रपतिले सीमानामा पर्खाल लगाउने घोषणा गरेलगत्तै मेक्सिकोका राष्ट्रपति नरिक पेना निएटोले अमेरिकी भ्रमणको कार्यक्रम रद्द गरेका थिए ।

त्यसलगत्तै ह्वाइट हाउसले मेक्सिकोका सामानमा कर लगाउने जनाएको हो । अमेरिकी राष्ट्रपतिसँग भेट गर्न मेक्सिकोका राष्ट्रपति आगामी हप्ता अमेरिका जाने कार्यक्रम थियो ।

यसअघि बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका–मेक्सिको सीमानामा पर्खाल लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । (एजेन्सी)