२३ बैशाख २०८२, मंगलबार | Wed May 7 2025


सोमालियाको सैन्य आधार शिविरमा आतंककारी समूहको आक्रमण, ५० सैनिक मारिए


0
Shares

दक्षिणी क्षेत्रमा रहेको आधार शिविरमा हतियारसहित प्रवेश गरेका आतंककारी समूहले आक्रमण गरेको हो । घटनामा थुप्रै घाइते भएका जनाइएको छ ।

सो समूहले आधार शिविरमा रहेका केही सैन्य सवारी–साधन र हतियारसमेत लुटेर लगेको सोमालियाली अधिकारीहरुले बताएका छन् ।

यता, अल सबाबले भने उक्त आक्रमणलाई आफनो ठूलो उपलब्धि भन्दै थप आक्रमणको चेतावनी दिएको छ ।

सो संगठननले आक्रमणमा एक सयभन्दा बढी सैनिक मारिएको दाबी गरेको छ । सोमालिया सरकारले भने मृतकको संख्या ५० नै भएको जनाएको छ ।

घटनालगत्तै सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा तुल्याइ अनुसन्धान थालिएको छ । (एजेन्सी)