
नवनियुक्त रक्षा मन्त्री जेम्स म्याटिसलाई शपथ दिलाउँदै ट्रम्पले कट्टर इस्लामिक अतिवादीलाई अमेरिकाभन्दा टाढा नै राख्नका लागि आप्रवासीमाथिको जाँचमा कडाई गर्न आदेश दिएका हुन् ।
आफ्नो देश र देशवासीलाई माया र सहयोग गर्ने मुलुकका जनतालाई भने आफ्नो देशमा आउन दिने पनि उनले बताए । सुरक्षा जाँचमा गरिने कडाईको स्वरुप कस्तो हुनेचाहिं उनले बताएनन् ।
आफ्नो देशमा शरण माग्न आउनेहरुमा पनि सिरियाईको तुलनामा ईसाइलाई प्राथमिकता दिने धारणा उनले व्यक्त गरे ।
गत वर्ष मात्र ओबामा प्रशासनले सिरियाका दश हजार शरणार्थीलाई शरण दिएको थियो । ट्रम्पले अरु ६ मुस्लिम देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने पनि बताए । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्