
काठमाडौं, असार ६ । लगातारको वर्षाले डिल्लीबजार कारागारको मुख्य गेट शुक्रबार राति भत्किएको छ । धेरै पुरानो भएको उक्त गेट वर्षाका कारण भत्किएको कारागार व्यवस्थापन विभागका महानिर्देशक प्रदीपराज कँडेलल जानकारी दिएका छन् ।
गेट भत्किँदा मानवीय क्षति भने भएको छैन तर कारागारभित्र बिजुली अवरूद्ध हुन पुगेको थियो । कैदी बन्दीको सुरक्षाका लागि थप सुरक्षाकर्मीको व्यवस्था गरिएको थियो ।
जीर्ण अवस्थामै रहेको भवन (गेट) पानीले भिजेर भत्किएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्