Logo ३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026


बेपत्ता भनिएका भारतीय सैनिक हाम्रो नियन्त्रणमा छैनन् : चिनियाँ विदेश मन्त्रालय


0
Shares

बेइजिङ । चिनियाँ विदेश मन्त्रालयले पूर्वी लद्दाख क्षेत्रको गलवान उपत्यकामा भारतीय सेनासँग भएको झडपका क्रममा हराएका भनिएका कुनै पनि भारतीय सैनिक चिनियाँ सेनाको नियन्त्रणमा नरहेको बताएको छ ।

विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजिआनले शुक्रबार चीन–भारत सीमाका बारेमा सोधिएको प्रश्नको जवाफमा भने “चीनले कुनै पनि भारतीय सेनालाई नियन्त्रणमा लिएको छैन ।”

बिहीबार नै भारतीय विदेश मन्त्रालयले पनि गलवान उपत्यकामा चिनियाँ सेनासँगको भिडन्तमा कुनै भारतीय सेना बेपत्ता नभएको स्पष्ट गरेको थियो ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले साप्ताहिक ब्रिफिङका क्रममा गलवान उपत्यकामा भारतीय सैनिकहरु बेपत्ता नभएको बताएका छन् ।

साथै भारतीय सेनाले समेत सबै भारतीय सैनिक सम्पर्कमा रहेको स्पष्ट गरेको छ । चिनियाँ र भारतीय सेनाबीच भएको भिडन्तमा २० जना भारतीय सेनाको मृत्यु भएको थियो ।

लद्दाख क्षेत्रको सीमारेखालाई लिएर भएको द्विपक्षीय सम्झौतालाई दुबै पक्षले सम्मान गरेको अवस्थामा यस्तो दुर्घटना नहुने भारतीय पक्षको भनाई छ । रासस/एएनआई